काठमाडौ । शुक्रबार झापामा आयोजित एमाले समानान्तर कमिटीको घोषणा कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिए आफूहरु मिल्न तयार रहेको बताउनुभएको छ ।
नेता नेपालले भने, ओली झुटको खेती गर्न सिपालु भएको तर सुध्रने छाँटकाँट नभएको टिप्पणी गरे। ‘केपी ओली सुध्रिएलान् जस्तो लाग्दैन। झापामा धामी, झाँक्री वा मोटिभेटर छन् भने पठाउनु होला,’ उनले भने, ‘कस्ता-कस्तासँग त मिलियो। उहाँ सचिनुभयो भने मिलिन्छ। ओलीले झुटको प्रचार गर्न समूह नै बनाएको उनको आरोप छ। ‘उहाँ झुटको खेती गर्न सिपालु हुनुहुन्छ। त्यसका लागि केही व्यक्ति राखेर साइबर स्याल बनाउनुभएको छ,’ नेपालले भने, ‘उहाँका कारण पार्टी र आन्दोलन समाप्त हुने दिशामा गयो ।
उनले भने, ‘केपी ओलीले आन्दोलन र संगठन पनि बनाएका हैनन् । प्रधानमन्त्री ओली विधि र विधानअनुसार नचलेको आरोप लगाए ।