काठमाडौ । एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटेका छन् ।
बुधबार प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि नेपालले पनि गौतमसित परामर्श गरेका थिए। गौतमसँगको भेटमा पनि ओलीले नेपालसँगको छलफल त्यति सकारात्मक नभएको बताएका थिए। गौतमले भने सकेसम्म एक हुनै सुझाव दिएको उनीनिकट स्रोतले उनले पार्टी एकताका लागि लिइएको पहलकदमीले आफू खुसी भएको बताएका थिए।
गौतमले भने केपी ओलीसँगको आफ्नो सम्बन्ध जमानादेखिको भएको र अटुट रहने बताउनुका साथै उनले भने ‘केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो। तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको होइन, जमानादेखिको हो र अटुट रहिरहनेछ।" एमाले मुख्य सचेतक विशाल भट्टराईका अनुसार भेटपछि भट्टराईले उल्लेख गरेका छन्।
फ़ेरि गौतमले भने, कमरेड केपी ओलीले हाम्रो पार्टी नेकपा एमालेलार्ई जुन दिशामा लैजाँदै हुनुहुन्छ, त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्ततः कम्युनिस्ट आन्दोलनकै विसर्जनको दिशा हो। यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहंकारविरुद्ध उभिनु, त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ, हामीले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पार्टीको एकता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि संगठित अभियान सुरु गरेका छौं,’ अपिलमा छ, ‘पार्टी अध्यक्षसँग अनेकौं विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन्। जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत् बैठकबाट समाधान गर्न सकिन्छ।