दुई वर्षपछि मध्यएसियाको भ्रमणमा चीनका राष्ट्रपति

14.3k Shares

काठमाडौंः चीनका राष्ट्रपति सी जिनपिङले दुई वर्षभन्दा बढी समयपछि पहिलो पटक मध्यएसियाको भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने छन् । सीले एक महिनापछि माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफ्नो स्थान पक्का गर्न तयार  छन् ।

कोभिड १९ महामारीको सुरुवातपछि उनको पहिलो विदेश भ्रमणले सी चीनमा सत्तामा आफ्नो पकडको बारेमा कत्तिको विश्वस्त छन भन्ने देखाएको विज्ञहरुको भनाइ छ । कजाकिस्तान र क्रेमलिनका अनुसार सी बुधवार कजाकिस्तानको राजकीय भ्रमणमा जाँदैछन्  र त्यसपछि उज्बेकिस्तानको पुरातन सिल्क रोड शहर समरकन्दमा सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा पुटिनसँग भेट गर्ने छन् । 

पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले पुटिनले शिखर सम्मेलनमा सीसँग भेट्ने अपेक्षा गरिएको गत साता बताएका थिए । रुसी प्रशासन क्रेमलिनले वार्ताबारे थप विवरण दिन अस्वीकार गरेको छ । चीनले सीको भ्रमण ​ योजनाको पुष्टि गरेको छैन । 

ताजा अपडेट
सम्बन्धित समाचार