आइतबार बसेको मन्त्रिपरिषद्कव बैठकले महामारी नियन्त्रणका लागि प्रदेशलाई आवश्यक सहयोग गर्न संयोजक तोकेको कृषि मन्त्रि पद्मा अर्यालले जानकारी दिइन् ।
'महामारी नियन्त्रणका लागि प्रदेशले केन्द्रले आवश्यक संयोजन नगरेको गुनासो आउन थालेपछि उनीहरूलाई कुनै पनि किसिमको अभाव हुन नदिन र आवश्यक मार्ग निर्देशन गर्न संयोजक तोकिएको हो,' अर्यालले भनिन्।
संयोजकहरुले स्वास्थ्य सामग्री, क्वारेन्टाइन निर्माणलगायत अन्य आर्थिक तथा नीतिगत निर्णयका लागि समन्वय गर्ने उनको भनाइ छ ।
बैठकले प्रदेश १ को संयोजकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई तोकेको छ ।