अर्थतन्त्र सकारात्मक दिशामा रहेको अर्थमन्त्रीको भनाई

11.6k Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको तरलता अभावको अवस्था धेरै समय नरहने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को छैटौँ महासभामा उनले यस्तो बताएका हुन् ।

विश्वकै अर्थतन्त्रमा चाप परेकाले नेपालले पनि त्यसको प्रभाव भोग्नुपरेको उनले बताए । “तरलता अभावका कारण ब्याजदर बढेको हो । यो घट्छ । केही समयका लागि मात्र हो,” उनले भने, “बैंकमा तरलता सहज हुँदै गएको छ । ब्याजदर यसैगरी बढेरै रहँदैन ।”


बजारमा ऋण लगेर फिर्ता नआउँदा तरलतामा चाप परेको उनले बताए । व्यवसायीले हस्तक्षेप गर्न उप्रेरणा गर्ने भन्दै उनले हस्तक्षेपकारी नीति क्षणिक हुने बताए ।

“हामी संवेदनशील हुनुपर्छ । व्यसायीहरूले आवेगमा अएर प्रत्यक्ष हस्तक्षेप गर्न नलगाइदिनुहोला,“ उनले भने ।

ताजा अपडेट
सम्बन्धित समाचार