समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन: पूर्वराष्ट्रपति भण्डारी

13.1k Shares
सम्बन्धित राजनीतिज्ञ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा भई नसकेको बताएकी छिन्। 

बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले समाज रूपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको उल्लेख गरिन्।

जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भई नसकेको उनको भनाइ थियो।

उनले राजनीतिक रुपमा केही संरचनागत परिवर्तनहरु भए पनि नेपाली क्रान्ती सम्पन्न भई नसकेको उल्लेख गरिन्। उनले यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरू पनि बाँकी रहेको बताइन्।

उनले भने, ‘समाज रूपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन। यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ। जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन। राजनीतिक रुपमा केही संरचनागत परिवर्तनहरु भएका छन्। तर नेपाली क्रान्ती सम्पन्न भइसकेको छैन। केवल सुरुवात भएको छ। यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरू बाँकी नै छन्। हामीले जनताको बीचमा गएर नै ती सम्भावनाहरुको खोजी गर्नुपर्छ।’

पूर्वराष्ट्रपति भण्डारीले गौतमबुद्धदेखि अन्य विचारकहरुले मानव जीवनको सुख र शान्तिको बहालीलाई नै आफ्नो खोजको विषय र लक्ष्य बनाएको बताइन्।

 

ताजा अपडेट
सम्बन्धित समाचार