स्ट्रेटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटी नेपाल नामक गैंह्रसरकारी अनुसन्धानमूलक संस्था हाइप्रोफाइल व्यक्तित्वहरुको सहभागितामा भरखरैं दर्ता भएको छ । संस्थामा नेपाल प्रहरीका पूर्व महानिरिक्षक प्रकाश अर्याल, ससस्त्र प्रहरीका पूर्व महानिरिक्षक सिंह वहादुर श्रेष्ठ, त्रिभूवन विद्यविद्यालयको राजनैतिकशास्त्रको पूर्व विभागिय प्रमुख प्रा.डा. राजकुमार पोखरेल, त्रिभूवन विद्यविद्यालयको संस्कृतिशास्त्रको विभागिय प्रमुख प्रा.डा. शोम प्रसाद खतिवडा, लामो समय युएनमा कार्य गर्नुभएको डा. गिरी पन्थी, पूर्व प्रशासक डा. गोकुल वुर्लाकोटी, नेपाली सेनाका पूर्व जनरल रामनाथ ढुङ्गाना, विश्व हिन्दु महासंघको पुर्व अध्यक्ष प्रमोद कुमार चौरडिया, विश्व हिंन्दु महासंघको कोषाध्यक्ष श्याम सुन्दर क्षेत्री, विगत २२ वर्ष देखि अमेरिकाको म्यारील्याडमा रेष्टुरेन्ट व्यावसाय गरेर वस्नुभएको चर्चित समाजसेवी चन्द्र प्रकाश शर्मा वेलवासे, समाजसेवी शरिता हमाल र पत्रकार तथा वजारव्यावस्थापक शंगिता सर्मा समेत संस्थामा समेटिएका छन् ।
आरती साप्ताहिकको पूर्व सम्पादक तथा युवा व्यवसायी नवराज लम्सालको पहलकदमीमा निर्माण भएको अनुसन्धानमुलक संस्थाले नेपालमा वर्तमानमा देखिएको विविध समस्याहरुको विषयमा वहस, पैरवी, छलफल, अध्ययन, अध्यापन र अनुसन्धान गर्ने छ ।

संस्थाको उद्वेश्यहरुको वारेमा प्रष्ट पार्दै नवराज लम्साल भन्नुहुन्छ संस्थाको नाम अनुरुप नै यस संस्थाको मुल उद्वेश्य अध्ययन अनुसन्धान नै हो । यो संस्थाले नेपाल र नेपाली जनता संग सम्वन्धित् सामाजिक, आर्थिक, संस्कृतिक, सनातन परम्परा, वालअधिकार, मानवअधिकार, तथा मुलुकको सार्वभौमिक हितका विषयमा छलफल, वहस, अध्ययन र अनुसन्धान गर्नेछ ।
यस संस्थाले ग्लोवल वार्मिङ्ग, नन् टेडिष्नल सेक्युरिटी ( फुड सेक्युरिटी, हेल्थ सेक्युरिटी, वाटर सेक्युरिटी) वेष्ट म्यानेजमेन्ट लगायतका विषय तथा जनसरोकारको विविध विषयमा अध्ययन अनुसन्धान गर्नेछ ।
यस संस्थाले नेपाल भारत दुईपक्षीय, नेपाल चीन दुईपक्षीय, नेपाल अमेरिका दुइपक्षीय नेपाल, भारत, चीन त्रिपक्षिय, नेपाल, अमेरिका, चीन त्रिपक्षिय, युरोपीयन युनियन, कोरिया, जापान, अष्ट्रिलिया लगायत देश तथा नेपाल संग कुटनैतिक सम्वन्ध स्थापित भएका वहपुक्षीयदेशहरुसंगकोविविधविषयहरुमाअध्ययन,अनुसन्धान,वहसतथाकुटनैतिक विषय संग सम्वन्धित भएर विश्व समुदाय संग मैत्रीपूर्ण सम्वन्धलाई वलियो वनाउन सक्दो प्रयास गर्नेछ ।
संस्थाको निर्माण अभियानकर्ता नवराज लम्साल संग यस्तो हाईप्रोफाइल संस्थाको आवश्यकता किन ? भनेर प्रश्न गर्दा उहाँ भन्नुहुन्छ । पछिल्लो समय नेपाली समाजमा वैचारिक अन्योलको अवस्था सृजना भएको, अध्ययन, वहस, पैरवी, छलफलहरु निपक्ष हनु नसकेको, देशको वौद्घिकपूजि पलायन विदेश पलायन भएको, यूवाहरु हचुवाको भरमा सामाजिक संजाल हेरेको भरमा धारणा बनाउने गलत परम्पराको विकास भएको, विज्ञहरुले निपक्ष धारणा राख्ने फोरम नभएको तथा वर्तमानमा नेपाल कुटनैतिक विषयमा दिनानुदिन कमजोर वन्दै गएको देखिएकोले एक सचेत नागरिकको हैसियतले आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्ने इमानदार प्रयास गर्ने भन्ने उदार सोचबाट संस्था निर्माण भएको हो ।
हामी यस संस्थामा सवै वौद्घिक व्यक्तित्वहरुलाई समेट्दै जानेछौं । यस संस्थामा जतिपनि आवद्घ विज्ञहरु हुनुहुन्छ उहाँहरु विविध क्षेत्रमा नेतृत्व गरेर आफ्नो संस्थालाई सफल बनाएर आउनुभएको छ । उहाँहरुको ज्ञान सिप र अनुभवलाई लिपीवद्घ गर्दै भोलीको पुस्तालाई रोडम्याप दिनको लागि पनि संस्थाले सक्दो योगदान गर्नेछ । संस्था भरखरै जन्मेकोले यसलाइ संरक्षण गर्ने तथा संस्थामा आवद्घ हुन सवैलाइ अनुरोध समेत गरेका छन्।

