व्यवसायी अरुण चौधरी पक्राउपछि निजी क्षेत्रका संगठन सक्रिय

6.9k Shares

काठमाडौं। व्यवसायी अरुण चौधरी प्रक्राउपछि निजी क्षेत्रका तीन वटै संगठन सक्रिय भएका छन्। व्यवसायीमाथि सरकार नियोजित रुपमा लागेको भन्दै तीन संगठनले त्यसको विरोध गरेका छन्। 

सरकारले पहिले सुन्ने, त्यसपछि सुन्ने काम नगरेको भन्दै निजी संगठनले आपत्ति जनाएका हुन्। नेपाल उद्योग परिसंघले बिहीबार नै पत्रकार सम्मेलन गरेर सरकारको कार्यशैलीको विरोध गर्ने भएको हो। 

सिएनआईले अहिले साढे ५ बजे पत्रकार सम्मेलन गरेर सरकारको रबैयाको विरोध गर्ने भएको हो। देशमा लगानी सम्मेलन हुने तरखर छ। अहिले त्यसको तयारी चलिरहेका बेला राज्य आतङ्क सुरु भएको नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले बताए। 

‘गल्ती भएको हो÷होइन, प्रमाणित नहुँदै दोषी करार गर्ने जुन कार्य छ, त्यसको निजी क्षेत्रले सधै विरोध गर्दै आएको हो’ उनले भने, ‘सरकारले अहिले पनि त्यही गल्ती गरिरहेको छ।’ सरकार सञ्चालकहरु लोकप्रिय बन्न व्यवसायीको मानमर्दनमा उत्रिएको निजी क्षेत्रको ठहर छ। 

ताजा अपडेट
सम्बन्धित समाचार