सडक मानवता लागि चिया बेच्दै बिद्यार्थिहरू

35k Shares

काठमाडौँ । काठमाडौँको चावहिलमा अवस्थित विनायक सिद्ध कलेजका बि एस ड्ब्लु अध्ययनरन विद्यार्थीहरूले "अन्तराष्ट्रिय सामाजिक कार्य दीवस" का अवसरमा सडक मानवका लागि आर्थिक संकलन कार्यक्रम  गरी मनाएका छन् । 

मार्च १९ अर्थात् अन्तराष्ट्रिय सामाजिक कार्य दीवसका अवसरमा विभिन्न सामाजिक कार्यक्रम सँगसँगै बहुआयामिक तरिकाबाट कलेजका विद्यार्थीहरुले "विश्व परिवर्तनका लागि साझा भविष्य" भन्ने नारा सहित उक्त दिवस मनाएका हुन् । 

social-work.jpeg

 उक्त दिन विद्यार्थीहरूले चिया बेचेेर उठेको पैसाले सडक मानवलाई आर्थिक सहयोग पुर्याउने उदेश्यले कार्यक्रम गरेको विद्यार्थीहरुले बताए। 

विद्यार्थीहरूलाई समय सापेक्ष शिक्षा प्रदानका निम्ति विद्यार्थीहरुलाइ श्रीजनसिल सामाजिक कार्य गरि मानव कल्याणमा लाग्नको लागि यो कार्यक्रम गरिएको क्याम्पस प्रमुख रामकृष्ण सिम्खडाले बताउनुभयो। 

उनिहरूले पशुपति, चावहिल, लगायतका क्षेत्रहरूमा पुगेर चिया बेचेर रकम संकलन गरेका थिए । भबिस्यमा पनि यस्तै श्रीजनसिल कार्यहरु गर्ने बिद्यार्थीहरुले बताएका छन् ।विनायक सिद्ध कलेज गुणस्तरीय शिक्षाका साथै उत्कृष्ट अतिरिक्त क्रियाकलापमा प्रतिवद्ध रहेको छ ।

social-work2.jpeg

ताजा अपडेट
सम्बन्धित समाचार