विश्वभर विस्तार हुॅदै नेपाली विज्ञ समुहको हाई प्राेफाईल संस्था सरसन्(SRAASN) ।

19.6k Shares

 स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस साेसाईटी नेपालकाे जुम बैठक आज स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस साेसाईटी नेपाल(SRAASN) काे अमेरिकी च्याप्टरका अध्यक्ष डा शंकर थापाकाे सभापतित्व र समन्वयमा सम्पन्न भएको छ ।

संस्थाकाे आगामी कार्यक्रम काे बियषमा संस्थाकाे केन्द्रीय अध्यक्ष प्रमाेद कुमार चाैरडियाले धारणा राखेका थिए भने संस्थाकाे रणनीति र कार्यनीति काे बारेमा पूर्व प्रहरी महानिर्देशक प्रकाश अर्यालले प्रष्ट पारेका थिए ।

स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस साेसाईटी नेपाल(SRAASN) काे प्रमुख कार्यकारी निर्देशक (CEO) नवराज लम्सालले संस्थाकाे उद्देश्यहरूकाे प्रकाश पार्नुकाे साथसाथै  संस्थालाई अन्तर्राष्ट्रिय रूपमा बिस्तार गर्न सबैले खेलेको भुमिकाकाे बारेमा उजागर गरेका थिए।

सिईओ लम्सालले नेपाल र नेपाली संग सम्वन्धित सामाजिक, अर्थिक, साँस्कृतिक, सनातन परम्परा, तथा मुलुक काे सार्वभौमिक हितकाे बिषयमा वहस पैरवी छलफल अध्ययन र अनुसन्धान गरिने वताए।

संस्थाले ग्लाेवल वार्मिङ, नन्ट्रेडिष्नल स्क्युरिटी फुड स्क्युरिटी, हेल्थ सेक्युरिटी, वाटर सेक्युरिटी, सिमा सेक्युरिटी, वेष्ट म्यानेजमेन्ट लगायतका बिषयमा काम गर्ने वताईएको छ उहाँले याे विज्ञ समुहले नेपालकाे नीति निर्माणकाे क्षेत्रमा प्रभावकारी कदम चाल्ने र बिश्वब्यापी रूपमा देखिएकाे समस्या ग्लाेवल वार्मिङ्ग तथा विभिन्न देशमा जानुभएकाे नेपाली र जेलमा रहेका नेपालीहरूलाई कानुनी सहायता गर्नकाे लागि संस्थाले कुनै कसर बॉकी नराख्ने बताईएको छ ।

स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस साेसाईटी नेपालकाे आजको बैठकमा केन्द्रीय पदाधिकारीहरू प्रमाेद कुमार चाैरडिया, नवराज लम्साल, प्रकाश अर्याल, सिंह राज श्रेष्ठ,प्रा.डा. राज कुमार पाेखरेल, प्रा. डा. शाेम प्रसाद खतिवडा, डा. गिरि पन्थी, डा. गाेकुल प्रसाद बुर्लाकाेटी, रामनाथ ढुङ्गाना, चन्द्र प्रकाश शर्मा वेलवासे, श्याम सुन्दर क्षेत्री, शरिता हमाल र संगिता शर्माकाे सहभागीता थियाे ।


स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस साेसाईटी नेपालकाे अमेरिकन च्यापटरकाे अध्यक्ष डा. शंकर थापा सहित सम्पूर्ण पदाधिकारीहरू यज्ञलाल श्रेष्ठ, दिपेश लामा, पुष्पा घिमिरे, श्याम समशेर थापा, अर्जुनध्वाेज खड्का, निरञ्जन उप्रेती, डा. दिपेन्द्र वुर्लाकाेटी, डा. सुदीप खड्का, नारायण साेनामे, डिकेन्द्र माष्के, डिभि विश्वकर्मा र क्षितिज  न्याैपानेकाे समेत सहभागीता रहेको थियाे ।

अमेरिकी च्याप्टरकाे बिबिध बिषयमा स्ट्यान्डफर्ड युनिभर्सिटी काे डाक्टर सुदिप खड्काले बताएका थिए । संस्थाले दिशानिर्देश स्पष्ट रूपमा राख्नुपर्ने र नेपालीहरू जहासुकै भएपनि नेपाल आमालाई सेवा गर्न पाउँदा असाध्यै गर्व हुने वताए ।

क्यानडा प्रतिनिधि काे रूपमा रमेश रिजाल, भारत प्रतिनिधि जगदीश शर्मा पन्त काेरिया प्रतिनिधि काे रूपमा डा. प्रकाश धमला रहेका थिए भने जापान प्रतिनिधि काे रूपमा प्रा.डा. हाेम बहादुर रिजालले सहभागीता जनाएका थिए।

प्रा. डा. हाेम बहादुर रिजालले यति हाई प्राेफाईल व्यतित्वहरूकाे सहभागीतामा संगठित भएकाे संस्था मा जाेडिनु पाउँदा आफू असाध्यै उत्साहित भएकाे तर याे संस्था उदेश्य अनुरूप मात्रै अगाडि बढ्नुपर्ने र यसमा राजनीति छिर्न दिन नहुने वताए ।

करिव २ घण्टा चलेकाे जुम वैठकमा  स्ट्राटेजिक रिसर्च एण्ड एनालिसिस साेसाईटी नेपालकाे अमेरिकी शाखाकाे अध्यक्ष डा. संकर थापाले सबैलाई धन्यवाद सहित बैठक समापन गरेका थिए।

संस्था काे आगामी बैठक बस्नु भन्दा अगाडि संस्थाकाे भावी कार्यक्रम तय गर्नकाे लागि संस्था काे कार्यकारी निर्देशक नवराज लम्साल काे नेतृत्वमा 
पूर्व प्रहरी महानिर्देशक प्रकाश अर्याल र प्रा. डा. राज कुमार पाेखरेल समेतकाे ३ सदस्यीय समिति समेत निर्माण गरिएकाे छ ।

ताजा अपडेट
सम्बन्धित समाचार