अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा जेलबाट बाहिरिए

13.3k Shares

एजेन्सी: राज कुन्द्रा जेलबाट बाहिर आएको पहिलो तस्वीर सार्वजनिक भएको छ ।

अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा जेलबाट बाहिर आएका छन्। ६४ दिनपछि उनी आफ्नो परिवारका सदस्यहरुलाई भेटेका छन् । उनलाई मुम्बई क्राइम ब्रान्चले १९ जुलाईमा पोर्नोग्राफीको मुद्दामा पक्राउ गरेको थियो।

राज कुन्द्रा जेलबाट बाहिर आएसंगै भारतीय मिडियाले उनीहरुलाई घेरे। यस क्रममा पत्रकारहरुले उनलाई प्रश्न सोधे तर उनले कुनै प्रश्नको उत्तर नदिएको जनाइएको। उनी केहि नबोली गाडीमा पसेको बताइएको छ ।

जमानतमा जेलबाट बाहिर आएपछि राजको पहिलो तस्वीर बाहिर आएको छ। यी तस्वीरहरुमा राज कुन्द्रा मास्क लगाएको देखिन्छ। उनको निधारमा एक ठूलो रातो टिका लगाएको देखिन्छ।

 

ताजा अपडेट
सम्बन्धित समाचार