आज नेप्से १०५ अंकले वृद्धि 

8.6k Shares

काठमाडौं: केहि समय देखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज (बुधवार) भने १०० अंकको उच्च बिन्दु  हासिल गर्न सफल भएको छ । 

 कारोबार सुरु भएको २ घण्टा १५ मिनेट भन्दा माथि जाँदा नेप्सेमा १०० अंक भन्दा माथि वृद्धि भएको छ । १ बजेर १८ मिनेटसम्म  नेप्से परिसूचक १०५.२८ अंकले वृद्धि हुाँद २८१७.३५ अंकको बिन्दुमा पुगेको छ ।

सुरुवाति समयमा केही मिनेट उताचढाव देखिएर लगातार बढेको नेप्से  पुनः लयमा गएको देखिन्छ । नेप्सेसँगै सबै उपसूचकमा हरीयाली छाएको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ३.१४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ८.१ प्रतिशत, विकास बैंक उपसूचक ७.७१ प्रतिशत र हाइड्रोपावर उपसूचक पनि करिब ६ प्रतिशतले बढेको छ ।

यो समाचार तयार गर्दै गर्दा नेप्सेमा करिब ६४ लाख ८८ हजार कित्ता सेयर कारोबार हुँदा साढे ३ अर्ब भन्दा माथिको कारोबार भएको छ । नेप्सेमा १८५ कम्पनीको सेयर कारोबार हुँदा सबै कम्पनीको सेयरमूल्य बढेको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार