पारित भयो राष्ट्रिय सभाबाट विनियोजन विधेयक

26.4k Shares

काठमाडौं: आज (बिहीवार) बसेको राष्ट्रिय सभा बैठकमा  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ ।  

नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए । 

असोज ४ गते प्रतिनिधि सभाबाट पारित भएको विनियोजन विधेयक राष्ट्रिय सभाबाट समेत पारित भएपछि ‘बजेट होलिडे’ सकिएको छ । 

राष्ट्रिय सभाबाट विधेयक पारित भएपछि अब राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्नेछ । यो विधेयक प्रमाणित भएपछि सरकारले खर्च गर्न पाउने छ । भदौ ३१ पछि भएका सरकारी खर्चले वैधता पाउने छ । 

पूर्ववर्ती केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश बजेट प्रतिस्थापन लागि सरकारले भदौ २५ गते प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक ल्याएको थियो । 

बजेटका पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बिहीवार प्रतिनिधि सभाबाट पारित हुँदैछ । 

बिहीवारको राष्ट्रिय सभा बैठकमा अध्यक्षसँग समय लिई एमालेकी सांसद कोमल वलीले सभामुख अग्नि सापकोटाको ब्यबहारका कारण आफूहरुले सदन अवरोध गर्नुपरेको बताएकी थिइन् ।

ताजा अपडेट
सम्बन्धित समाचार