पोर्ट–अउ–प्रिन्स: हेइटीका आप्रवासीलाई स्वदेश फिर्ता गराइएको बिषयमा तीब्र प्रदर्शन भएपछि हेइटीका लागि अमेरिकी राजदूत डानिअल फुटेले राजिनामा दिएका छन् ।
राजदूत फुटेले राजनीतिक अस्थिरता र भूकम्पको चपेटामा परेर देश छाडेका आप्रवासीाई पुनः हेइटी फर्काउने अमेरिकी निर्णयलाई ‘अमानवीय’ भन्दै यसै साता ह्वाईटहाउसलाई एउटा पत्र पठाएका थिए ।
हेइटी ‘असफल राष्ट्र’ भएको र उसले जबरजस्ती फर्काइएका आप्रवासीलाई खानेकुरा, आवासजस्ता मानवीय सहायताका सामाग्री उपलब्ध गराउन नसक्ने राजदूत फुटेले पत्रमा उल्लेख गरेका थिए ।
ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले राजदूत फुटेसामु आफूले उठाएका सरोकार सम्बोधन गर्ने पर्याप्त अवसर हुँदाहुँदै आफ्नो कर्तव्य पुरा नगरेको आरोप लगाएकी छिन् । गत साता अमेरिकाले सीमावर्ती टेक्सास सहरबाट आप्रवासीलाई स्वदेश फर्काउने उडान सुरु गरेको थियो । अहिलेसम्म टेक्सासका शिविरहरूबाट १४ सयभन्दा धेरै आप्रावासी हेइटी फिर्ता भइसकेका छन् ।
१३ हजारआप्रवासीहरु टेक्सासको एउटा अन्डरपासमुनी ३७ डिग्री सेल्सिअसको तापक्रममा जम्मा भएर बसेका थिए । -एजेन्सी