भारतले कोरोना भाइरस विरुद्धको ८० लाख मात्रा खोपको निर्यात गर्दै

15.7k Shares

काठमाडौं: भारतले कोरोना भाइरस विरुद्धको ८० लाख मात्रा खोपको निर्यात गर्ने भएको छ। अक्टोबरको अन्त्यसम्ममा सो मात्रामा खोप निर्यात गरिने भारतीय विदेश मन्त्रालयका शीर्ष अधिकारीले बताए। 

प्रधानमन्त्री नरेन्द्र मोदीले वासिङ्टनमा आयोजित क्वाड बैठकमा खोप निर्यात थाल्ने बाचा गरेका छन् । ८० लाख मात्रा मध्ये अधिकांश खोप एशिया–प्रशान्त क्षेत्रका देशहरुमा पठाउने तयारी गरिएको विदेश सचिव हर्षवर्धन शृङ्लालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्। 

यस वर्षको शुरुमा भारतले सन् २०२२ को डिसेम्बरसम्ममा एक अर्ब मात्रा खोप निर्यात गर्ने बाचा गरेको थियो। तर कोरोना भाइरसको संक्रमण भारतमा तीब्र रुपमा फैलिएपछि सरकारले मेमा खोपको निर्यातमा प्रतिबन्ध लगायो। यही हप्ता भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो बनाएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार