हङकङका विश्व चर्चित सर्जन फ्रेडी फुको निधन

10.2k Shares

काठमाडौँ: हङकङका विश्व चर्चित सर्जन डा फ्रेडी फु हो कुङको निधन भएको छ। ७१ वर्षीय फुको अमेरिकाको पिट्सबर्गमा शनिबार निधन भएको हो।

स्विडिस फुटबल स्टार ज्लाटन इब्राहिमोभिचको करिअर जोगाएको जस फुलाई नै दिने गरिन्छ। फुले २०१७ मा घाइते भएको इब्राहिमोभिचको शल्यक्रिया गरेका थिए।

बाल्यकाल हङकङको बोनह्याम रोडमा बिताएका फुले सेन्ट पौल कलेजमा अध्ययन गरेका थिए। १९६९ मा अमेरिका गए पनि उनले हङकङ सधैँ आफ्ना लागि प्रिय भएको बताउने गर्थे। 

एन्टेरियर क्रुसियट लिगामेन्ट ९एसीएल० को उपचारमा उनी अग्रणी सर्जन थिए। त्यसैले हजारौँ व्यवसायिक खेलाडीका लागि उनको उपचार वरदान साबित भएको थियो। 

१९८१ देखि आफूले २० हजारभन्दा बढी घुँडाको शल्यक्रिया गरेको उनले बताएका थिए। जसमध्ये ६ हजार एसीएलसम्बन्धी थिए। 

फुको परिवारमा पत्नी हिल्डा, छोरा गोर्डन र छोरी जोयस छन्। -एससीएमपी 

ताजा अपडेट
सम्बन्धित समाचार