ओरोलो लाग्दैछ नेप्से: लगानीकर्ताको प्रवेश नहुँदा बजारमा उच्च गिरावट , सोमबार ५ अर्ब रुपैयाँमा कारोबार सिमित !

12.9k Shares

काठमाडौं: केही दिनयता ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचकलाई कारोबार रकमले पनि साथ छाडेको छ । नेप्से परिसुचक ३१ सय अंकमाथि पुग्दा बजारबाट ठूला लगानीकर्ता तथा व्यापारीहरु बाहिरिएको र पछिल्लो समय पुनः त्यस्ता लगानीकर्ताको प्रवेश नहुँदा बजारमा उच्च गिरावट आउनुका साथै कारोबार रकमले समेत साथ छाडेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘कोरोना पछिको लकडाउनका कारण अन्य क्षेत्र ठप्प हुँदा प्रवेश गरेका उद्योगी तथा व्यापारीहरु अन्य क्षेत्र खुला भएसँगै उपयुक्त समयमा बाहिरिए,’ एक लगानीकर्ताले भने, ‘बजार उच्च विन्दुमा पुग्दा केही ठूला लगानीकर्ताहरु पनि बाहिरिएको र अहिले उनीहरु पर्ख र हेरको अवस्थामा रहेका कारण बजारमा दैनिक जसो गिरावट आउनुका साथै कारोबार रकमले समेत साथ छोड्दै गएको छ ।’

पछिल्लो समय उच्च उतारचढाव हुँदै आएको जलविद्युत समुहको परिसुचकमा ८० अंकको गिरावट आउँदा माईक्रोफाइनान्स १३९, उत्पादनमुल १०४, होटल तथा पर्यटन ९० र फाइनान्स समुहको परिसुचकमा ११२ अंकको गिरावट आएको छ ।

यसैगरी घट्दो बजारमा कारोबार रकमले समेत साथ छाडेको छ । बजारबाट अन्य क्षेत्रबाट प्रवेश गरेका उद्योगी तथा व्यापारीहरु लगानीका अन्य क्षेत्र खुला भएसँगै नेप्से उच्च विन्दुमा पुग्दा बाहिरिएको र ठूला लगानीकर्ताको समेत प्रवेश नुहँदा दैनिक जसो कारोबार रकम घटिरहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । सोही अनुरुप सोमबार ५ अर्ब रुपैयाँका मात्र सेयर कारोबार भएको छ । जसमा २२७ कम्पनीको १ करोड ४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार