काठमाडौं: आज (मंगलबार) सुनको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सयले घटेर ८९ हजारमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोला ८९ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाले घटेर प्रतितोला ११५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।