काठमाडौँ: केही दिन यता निरन्तर ओरालो लागेको नेप्से आज भने उच्च अंकले बढेको छ । सेयर बजार साताको चौथो दिन आज ५०.५८ अंकले बढेको छ।
आज सेयर बजार ५०.५८ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ६५.९३ विन्दुमा पुगेको छ। १.९३ प्रतिशतले बढ्दा नेप्से परिसूचक २ हजार ६ सय ६५.९३ विन्दुमा पुगेको हो।
आज ९८ लाख ९४ हजार ४ सय ७८ सेयर कित्ता ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा कारोबार भइरहेको नेप्सेले जनाएको छ।
लगातार घटिरहेको सेयर बजारका कारण कारोबार हुन सकेको छैन। तर सेयर बजारमा देखिएको करेक्शनले लगानीकर्तामा केही राहत भने पुगेको छ।
आज सबै समूह बढेका छन्। आज सबैभन्दा धेरै रनिर्जीवन बीमा समूह २५५.६६ अंक, जीवन बीमा समूह २१५.३८ अंक, विकास बैंक समूह १५०.६८ अंकले बढेका छन्।