आज नेप्से ३२ अङ्कले ओरालो लाग्यो

13.7k Shares

काठमाण्डौ: शेयर बजार कारोबार मापक नेप्से आज ३२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ । हिजो ५० अङ्कले बढेको शेयर बजार आज ३२ दशमलव ५१ अङ्कले घटेर २ हजार ६ सय ३३ अङ्कमा आइपुगेको छ । 

केही सातादेखि लगातार रुपमा ओरोलो लाग्दै आएको सेयर बजार यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो । तर शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ ।

सेयर बजारमा आज सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ ।

विकास बैंक समूहमा सबैभन्दा धेरै १५५.७५ अंकले गिरावट आएको छ । यस्तै, जीवन बिमा, निर्जीवन बिमा र उत्पादनमूलक समूह पनि १०० अंक भन्दा बढीले घटेका छन् ।

ट्रेडिङ समूह भने ११८.१३ अंकले बढेको छ । अधिकांश कम्पनीको भाउ घट्दा मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ खोला जलविद्युतको सेयर भाउ भने सर्किट लागेर बढेको छ ।

आज दुई सय २५ कम्पनीका ७३ लाख २१ हजार कित्ता शेयर तीन अर्ब ७० करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार