आज पनि सुनको मूल्यमा वृद्धि

15.6k Shares

काठमाडौं: नेपाली बजारमा मंगलवार सुनको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ५०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९० हजारमा ३०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ८९ हजार ८०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ५०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ८५० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ८९ हजार ३५० मा कारोबार भएको थियो ।

यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार प्रतितोला रू. १ हजार १६० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार