आज शेयरबजार ४१.८४ अंकले वृद्धि

8.2k Shares

काठमाडौँ: आज मंगलबार शेयरबजारले फेरि २६ सयको आँकडा पार गरेको छ । पछिल्ला दिनहरूमा निरन्तर ओरालो लागेको शेयरबजार मंगलबार ४१.८४ अंकले बढेर २६१२.६७ अंकमा पुगेको हो । 

यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले बढेर ४९२.०३ विन्दुमा उक्लिएको छ । आज व्यापार उपसमूहबाहेक सबै उपसमूहको परिसूचक सकारात्मक बनेको छ । व्यापार समूहको उपसूचक भने ५६ अंकले घटेको छ । नेप्से परिसूचक बढेपनि कारोबार रकममा भने सुधार हुन सकेन । कारोबार रकम ३ अर्ब पनि पुग्न सकेन ।

कूल २२३ वटा कम्पनीका ५८ लाख ४२ हजार १३५ कित्ता सेयर ४१ हजार ५१ पटक खरिद–बिक्री भएका हुदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँ बाराबरको शेयर कारोबार भएको छ ।

आज मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, समता घरेलु लघुवित्त संस्था र हिमालयन पावर पार्टनर लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले घटेपछि नकारात्मक सर्किट लागेको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार