रहेन्न रामायणको 'रावण'

14.3k Shares

मुम्बई: भारतको चर्चित धार्मिक टेलिशृंखला रामायणमा रावणको भूमिका निभाएका दिग्गज कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो ।

मंगलबार अचानक हृदयाघात हुँदा उनको ‘मल्टि–अर्गेन फेल’ भएको थियो । रामायणबाहेक उनले ‘विक्रम और बेताल’मा पनि काम गरेका थिए ।

उनी सन् १९९१ देखि १९९६ सम्म संसद्को सदस्यसमेत थिए । सन् २००२ देखि २००३ सम्म उनी सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन ९सीबीएफसी०को कार्यवाहक अध्यक्ष बनेका थिए । बलिउड हंगामाबाट ।

ताजा अपडेट
सम्बन्धित समाचार