पाकिस्तानमा भूकम्प जाँदा २० जनाको मृत्यु, सयौँ घाइते

9.5k Shares

काठमाडौं : पाकिस्तानको बालोचिस्तान प्रान्तमा ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको छ । बिहीबार बिहान गएको भूकम्पमा कम्तीमा २० जनाको ज्यान गएको र दुई सय बढी घाइते भएका त्यहाँको विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक नासिर नसिरको भनाइलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

यस्तै अमेरिकी भूगर्भ सर्वेक्षणले बालोचिस्तान प्रान्तको क्वेटा सहरदेखि ६२ माइल पूर्वी क्षेत्रमा भूकम्पको इपिसेन्टर रहेको र इपिसेन्टरबाट २० किलोमिटरको क्षेत्रमा बढी असर गरेको जनाएको छ । भूकम्पको धक्काले सरकारी भवनसहित एक सय भन्दा बढी कच्ची घर भत्केका छन् भने सयौँ बढी नागरिक घरबारविहीन भएका छन् ।

यस्तै ज्यान गुमाउनेमा महिला र बालबालिका बढी छन् । क्वेटा क्षेत्रमै १९३५ मा ७ दशमलव ७ म्याग्नेच्युडको भूकम्प जाँदा ३० देखि ६० हजारको बीचमा मानिसले ज्यान गुमाएका थिए । त्यसलाई इतिहासमै दक्षिण एसियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प मानिन्छ ।

ताजा अपडेट
सम्बन्धित समाचार