अफगानिस्तानमा भएको विस्फोटमा १ जनाको मृत्यु, १७ घाइते

9.1k Shares

एजेन्सी: अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त सहरमा रहेको एक धार्मिक विद्यालयमा विस्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीबार दिएको जानकारी अनुसार विस्फोटन बुधवार अबेर मझहरुल अलुम मदरसा (मजहरुल अलम धार्मिक विद्यालय) मा भएको थियो।

उक्त विस्फोटनमा एक जना विद्यार्थीको मृत्यु भएको थियो भने अन्य जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको स्थानीय अधिकारीले जनाएका छन् । उक्त घटना हुँदा ती विद्यार्थी खानी भत्काउनमा व्यस्त थिए।

 

ताजा अपडेट
सम्बन्धित समाचार