नोबेल विजेता मारिया भन्छिन्: पत्रकार बन्‍न धेरै गाह्रो र खतरनाक छ

10.2k Shares

 एजेन्सी : यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी पत्रकार मारिया रेसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई प्रदान गरिएको छ ।

अभिव्यक्ति स्वतन्त्रताको  पक्षमा गरेको योगदानलाई कदर गर्दै उक्त पुरस्कार पत्रकारद्वयलाई प्रदान गरिएको हो ।

नर्वेको नोबेल समितिका अध्यक्ष बेरिट रीस-एन्डरसनले भने, ‘यो अभिव्यक्ति स्वतन्त्रताको रक्षा को लागि उनीहरूले गरेको प्रयासको सम्मान हो जो लोकतन्त्र र स्थायी शान्तिको लागि एक  अनिवार्य शर्त हो।’

सन् २०१२ मा  रेस्साले  खोजपत्रकारिताका निम्ति र्‍याप्लर नामक डिजिटल मिडिया खोलेकी थिइन् जसको  प्रमुखको रूपमा हालसम्म उनी कार्यरत  छिन् । उक्त मिडिया दुतेर्ते शासनको विवादास्पद, हत्यारा र लागुऔषध विरोधी अभियानमा आलोचनात्मक रूपले सबैको ध्यान केन्द्रित गर्न सफल भएको छ।

त्यसैगरी  मुराटोभले यस बीचमा रूसमा दशकौंदेखि बढ्दो चुनौतीपूर्ण परिस्थितिमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति लामो सङ्घर्ष गरेका छन् ।

सन् १९९३ मा उनी स्वतन्त्र अखबार नोवाया गजेटाका संस्थापक मध्येका एक थिए र उनको  सत्ता र शक्तिप्रति मौलिक आलोचनात्मक दृष्टिकोण रहेको समितिले जनाएको छ।


साथै रेस्साले प्रेस स्वतन्त्रताका लागि आफू निरन्तर लडिरहने प्रतिवद्धता व्यक्त गरिन् । "यो वास्तवमै विश्वका सबै पत्रकारका लागि हो," रेसाले भनिन्, "हामीलाई धेरै मोर्चाहरुमा मद्दत चाहिन्छ । र आज पत्रकार बन्न धेरै गाह्रो र खतरनाक छ ।"


फिलिपिन्सस्थित न्युज वेबसाइट र्‍यापलरु को सहसंस्थापक तथा प्रमुख रहेकी ५८ वर्षीया रेसालाई शुक्रबार रुसका अर्का पत्रकार दिमित्री मुरातोभसँगै संयुक्त रुपमा नोबेल शान्ति पुरस्कारको घोषणा गरिएको थियो ।

फिलिपिन्सका प्रेस समूह र अधिकारकर्मीहरुले रेसाको पुरस्कारलाई देशकै विजयको रुपमा प्रशंसा गरेका छन् । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्ते २०१६ मा शक्तिमा आएदेखि नै रेसा र र्‍याप्लरले सरकारबाट थुप्रै मुद्दा खेप्नु परेको छ । राष्ट्रपति दुतेर्तेले र्‍यापलरलाई 'फेक न्युज आउटलेट' भनेर आरोप लगाउने गरेका थिए। 

ताजा अपडेट
सम्बन्धित समाचार