नयाँ राजा नबन्न प्रधानमन्त्री ‌ओलीलाई नेता पाण्डेको चेतावनी

11.4k Shares
सम्बन्धित पार्टी

काठमाडौँ- नेकपा पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजा नबन्न चेतावनी दिएका छन्। उनले संसद पुनर्स्थापना हुनैपर्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले अदालत पनि विघटन गरेर राष्ट्रपतिले सदर गरे के हुन्छ भनी प्रश्न समेत गरेका छन्।

शनिबार धादिङ काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता पाण्डेले हिजो राजालाई न्यायाधीशलाई हटाउने अधिकार हुने स्मरण गर्दै नयाँ राजा बन्ने प्रयास नगर्न ओलीलाई चेतावनी दिए। ‘ओलीजी नयाँ राजा होइन । नयाँ राजा बन्ने कुचेष्टा नगर्नुहोला’, उनले भने, ‘खबरदार, तपाईँ यो बाटोमा हिँड्नुभयो भने तपाईको यात्रा पनि धेरै परसम्म जानेवाला छैन।’

नेता पाण्डेले अदालतलाई पनि कसैको अनुहार हेरेर होइन, संविधान र कानुन हेरेर निर्णय गर्नुपर्ने बताए। संवैधानिक र कानुनी बन्दोबस्त र नजिरहरुलाई हेरेर संसद विघटनबारे फैसला गर्न पनि नेता पाण्डेले आग्रह गरे। ‘विश्वास छ, तपाईँहरु त्यसबाट दायाँबायाँ जानुहुन्न,’ उनले भने। पार्टीका बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने दाबी पनि नेता पाण्डेको थियो।

ताजा अपडेट
सम्बन्धित समाचार