अमेरिकाको टेक्ससमा विमान दुर्घटना

10k Shares

ह्युस्टन: अमेरिकाको टेक्ससमा एक विमान दुर्घटना भएको छ। सो विमानमा सवार सबै यात्रु बाँच्न सफल भएका छन्। ह्युस्टन बाहिर मंगलबार बिहान भएको विमान दुर्घटनामा २१ यात्रुहरू बाँच्न सफल भएका हुन्।

कसैलाई पनि ठूलो चोट नलागेको बताइएको छ। ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगोलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ।

म्याकडोनल डगलस एमडी–८७ जहाज दुर्घटनामा परेको हो। अग्नि नियन्त्रकहरूले आगो निभाउनुअघि नै सबै यात्रुहरू र चालक दलका सदस्यलाई विमानबाट सुरक्षित निकालेको र दुईजनालाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताए। सीएनएनबाट

ताजा अपडेट
सम्बन्धित समाचार