मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

11.8k Shares
सम्बन्धित पार्टी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।  नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड-नेपाल समूहका सांसदहरूले आइतबार बिहान राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। 

अविश्वास प्रस्तावमा झन्‍डै ४० सांसदहरुको हस्ताक्षर छ ।

नेकपामा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेको भोलीपल्ट तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजीनामा दिएका हुन्। 

ताजा अपडेट
सम्बन्धित समाचार