प्रधानमन्त्रीद्धारा आज बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकना 

7.8k Shares

काठमाडौं: अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा व्यापक जनधनको क्षति भएको छ। सरकारले बाढी पहिरोबाट मृत्यु भएकाका परिवारलाई २ लाख र घर क्षति भएको भए ५ लाखसम्म राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ। यस्तै घाइतेहरुको उपचार निःशुल्क हुनेछ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि निस्किएका छन्। आज विहीबार विहान ८ बजे प्रधानमन्त्री देउवा काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका हुन्।

प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको टोली सुरुमा सुर्खेत जाने छ।

सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले जानकारी लिनेछन्। त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ। दिपायलमा बिफ्रिङ तथा अवलोकन गर्ने कार्यक्रम छ। दिपायलबाट प्रधानमन्त्रीको टोली बझाङतिर लाग्ने छ। त्यहाँ पनि जानकारी र अवलोकन गर्ने कार्यक्रम छ।

बझाङबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा प्रस्थान गर्ने छन्। त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने छन्। त्यसपछि प्रधानमन्त्रीको टोली कञ्चनपुर प्रस्थान गर्ने छ। कञ्चनपुरमा पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ। कञ्चनपुरको अवलोकनपछि प्रधानमन्त्रीको टोली कैलाली जाने छ। कैलालीको अवलोकनपछि प्रधानमन्त्रीको टोली धनगढी बास बस्ने छ। देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै मात्रै काठमाडौं फर्किने छ।

ताजा अपडेट
सम्बन्धित समाचार