एमालेको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

8.4k Shares

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक बिहिबार (आज) बस्दैछ ।

तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशनको समिक्षा, कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका अधिवेशनका साथै मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका बारेमा छलफल हुनेछ ।

एमालेले आजको बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ ।  

साथै अविरल वर्षाका कारण देशमा भएको जनधनका बारेमा समेत छलफल गर्ने बैठकको एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको आजको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने स्थान तय गर्ने नेताहरुले बताएका छन् । उनीहरुका अनुसार राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने प्रस्ताव आएकाले बैठकले उक्त प्रस्ताव स्वीकार्ने सम्भावना रहेको छ ।

यसअघि भदौमा भएको विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने माग आएकाले अन्यथा निर्णय नभए बुटवलमै महाधिवेशन गर्ने घोषणा गरेका थिए ।

एमाले वागमती प्रदेश कमिटीको अधिवेशनमा नेताहरुले राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन गर्न सुझाव दिँदै चितवनमा गर्नुपर्ने प्रस्ताव गरेपछि स्थायी कमिटीले स्थान परिवर्तनबारे निर्णय लिने बताएका थिए ।

एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ । यसअघि कात्तिक ६ गते वडा र ९ गते एमालेले पालिका अधिवेशन गर्ने तयारी गरेको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार