पार्टी कार्यालय कब्जा गर्न खोज्दा कञ्चनपुरमा ओली र प्रचण्ड–नेपाल पक्षबीच झडपको स्थिति

9.3k Shares
सम्बन्धित पार्टी

पार्टी कार्यालयको विषयलाई लिएर कञ्चनपुरमा नेकपाका दुई पक्षबीच झडपको स्थिति सिर्जना भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले कार्यकर्ता भेलाको तयारी गरेको अवस्थामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले कार्यालयमा तालाबन्दी गरेपछि झडपको स्थिति सिर्जना भएको हो । 

ओली पक्षका कार्यकर्ताले मध्याह्न भीमदत्त नगरपालिकास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । 

त्यसपछि दुवै पक्षका कार्यकर्ताबीच ठेलमठेल भएको थियो । झडपको स्थितिपछि अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार