प्रचण्डले व्यक्तिगत स्वार्थका लागि सिंगै देशलाई नै अस्थिरताको खाडलमा धकेले: पूर्वमन्त्री साह

9.2k Shares

काठमाडौँ : नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा गएका पूर्वमन्त्री प्रभु साहले आफू प्रचण्ड नेतृत्वको माओवादीमा नफर्किने बताएका छन् । 

उनले माओवादीले जनतालाई धोका दिएको बताएका छन् । साहले सामाजीक संजालमा लेखेका छन्, 'जनतालाई धोखा दिने अनैतिक, असफल एवं अबिश्वसनिय व्यक्तिको नेतृत्वमा कदापि होईंन ।'

शाहले भनेका छन्, ‘प्रचण्डकै कारण आज हजारौ योग्य नेपाली विदेश पलायन हुन बाध्य छन् । आफ्नो व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरी सिंगै देशलाई नै अस्थिरताको खाडलमा धकेल्ने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी र क्रान्तिकारीहरू एकताबद्ध हुन सक्दैन ।

आफू क्रान्तिकारीहरूको ध्रुवीकरणको पक्षमा रहेको भन्दै प्रचण्डलाई असफल र अविश्वसनीय व्यक्ति भएको बताएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार