काठमाडौंः महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नं १ एकरहियामा एक दशक बढी समयदेखि मनाउँदै आएको काली पूजा यस वर्ष पनि भव्यताका साथ मनाईने भएको छ ।
हरेक वर्ष दीपावली र छठपर्वको बीचमा काली पूजालाई धुमधामका साथ मनाईदै आएको छ । १०औं वर्ष पार गरेर ११औं वर्षमा प्रवेश गरेको उक्त पुजाप्रति हिन्दूधर्मवलम्बिहरुको धेरै नै आस्था रहेको अध्यक्ष दीपक झाले पोल्टिस्क नेपाललाई बताए । वर्तमान अवस्थामा धर्मप्रति मान्छेको आस्था हराउँदै गएको हुँदा कसरी मानिसलाई धर्मप्रति आकर्षण गर्ने भन्ने उद्देश्यले यो पूजाको शुरुवात गरिएको थियो ।
यो पूजाको मूल समितिमा ११ सदस्य छन् भने सयौँ उपसमितिमा रहेका छन् । उक्त पूजा सफल पार्नका लागि स्थानीय स्तरबाट आर्थिक सहयोग, श्रम सहयोग गर्दै आएको र अघिल्लो वर्षको भन्दा अझ सफल पार्नको लागि सरकारी निकायबाट पनि सहयोगको अपेक्षा राखेको झाले बताए ।
मूल समितिमा ११ सदस्यहरु :
दीपक झा - अध्यक्ष
नरेश कुमार दास - उपाध्यक्ष
सोनु मिश्र - कोषाध्यक्ष
राजेश दास - सचिव
मुकेश कुमार शाह - सह- सचिव
नागेन्द्र झा - सदस्य
देवचन्द्र झा - सदस्य
राकेश यादब - सदस्य
शियाशरण दास - सदस्य
मुकेश झा - सदस्य
धरवेन्द्र दास - सदस्य
काली पूजा महोत्तरी जिल्लाको एकरहियामा मात्र नभएर राष्ट्रीय स्तरमा पुर्याउने उदेश्यले अघिल्लो वर्षको तुलनामा यस वर्ष भने भव्य रूपमा सम्पन्न गरिने भएको छ ।