आज विश्वासको मत लिँदै मुख्यमन्त्री आचार्य

12.1k Shares

काठमाडौँ:  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। 

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज मतदान हुने भएको छ । उनले आइतबार दिउँसो १ २ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने छ ।

मुख्यमन्त्री आचार्यसँग बहुमत पुर्‍याउनका लागि सांसद संख्या पर्याप्त नभएका कारण उनले विश्वासको मत पाउने सम्भावना नरहेको बताइन्छ। 

उनले विश्वासको मत नपाए मंगलबारसम्ममा प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने छ। विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको छ। 

आइतबार संसदमा विश्वासको मतदानपछि गठबन्धनको तर्फबाट नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ । वर्तमान मुख्यमन्त्रीले विश्वासको मत नपाएमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

गत शुक्रबार मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेपछि  सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि संसद बैठक स्थगित गरेका थिए। ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१ सांसद छन्। 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायतको विपक्षी गठबन्धनमा ५० सांसद छन्। प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। 

ताजा अपडेट
सम्बन्धित समाचार