एमालेप्रति मेरो कुनै विश्वास छैन, मलाई झुक्क्याएर वडा अध्यक्ष बनाइयो : माओवादीका कार्यकर्ता

12k Shares

काठमाडौं: नेकपा एमालेको हिजो सम्पन्न वडा अधिवेशनबाट अध्यक्ष चुनिएका सिन्धुपाल्चोकका एक नेताले पद अस्वीकार गरेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ का रुद्र सापकोटालाई सिन्धु एमालेले वडाध्यक्षमा चयन गरेका थिए ।

वडा ४ को वडाध्यक्षमा चयन गरेपछि सापकोटाले विज्ञप्ति जारी गरेर आफूलाई झुक्क्याएर वडाध्यक्ष बनाएको आरोप लगाएका हुन्। आफूलाई छलफल छ भनी बोलाएर वडाध्यक्षमा मनोनयन गरेको उनले बताएका छन्। सापकोटाले एमालेप्रति आफ्नो कुनै आस्था र विश्वास नरहेको पनि प्रस्ट पारेका छन्। आफूले हालै नवीकरण गरेको माओवादीको सदस्यतासमेत सार्वजनिक गरेका छन्।

‘तपाईसँग छलफल छ भनी बोलाएर त्यहाँ मलाई वडा कमिटी अध्यक्ष बनाएता पनि उक्त पार्टीप्रति मेरो कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु। साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन नेकपा माओवादी केन्द्रको सदस्यता यसअघि नै नै नवीकरण गरिसकेकोले सम्पूर्ण वडावासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।

bigyepti oda.jpg

ताजा अपडेट
सम्बन्धित समाचार