सर्वोच्चको फुलकोर्ट बैठक बस्दै

12.2k Shares

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली विषय पेचिलो बनिरहेका बेला नेपाल बार एसोसिएसन पनि छलफलमा जुटेको छ ।

जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागवण्डा लिएपछि उनीप्रति चौतर्फी प्रश्न उठ्न थालेको हो । यसबाहेक गोलाप्रथाबाट पेसी तोक्ने निर्णय कार्यान्वयन नभएपछि बारका पदाधिकारी पनि असन्तुष्ट छन् ।

न्यायाधीशहरूबीचको बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार गर्ने छैनन् ।

ताजा अपडेट
सम्बन्धित समाचार