काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्दै छन्। प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको संकटका बारेमा मन्त्रिपरिषद बैठकमा छलफल गर्ने स्रोतको दाबी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको फूलकोर्टमा बहुमत न्यायाधीशहरू अनुपस्थित हुने भएपछि यतिबेला न्यायालय सर्वत्र चासोको विषय बनेको छ ।