काठमाडौं : सर्वोच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट उठेका छन् ।
सर्वोच्चका अधिकांश न्यायाधीशले प्रधानन्यायाधीशका कारण अदालत विवादमा परेको भनी उनले निकास दिनुपर्ने बताएका हुन् ।
पूर्वन्यायाधीश समाजले शुक्रबार नै प्रधानन्यायाधीश जबरालाई निकास दिन र उनले त्यसो नगरेमा महाअभियोग लगाउन संघीय संसद्लाई अपिल गरिसकेका थिए । न्यायालयको प्रतिष्ठा जोगाउने अन्तिम जिम्मेवारी स्वयं न्यायाधीशहरूको भएको भन्दै समाजले वर्तमान प्रधानन्यायाधीशलाई अवज्ञा गर्न सबै तहका न्यायाधीशलाई अपिल समेत गरेका थिए ।