काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई बदनाम गर्ने काम गर्न नहुने बताएका छन् । सोमबार राति विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।
अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेमर जबराको आलोचना भइरहेको छ । उनको कार्यशैलीप्रति सर्वोच्च अदालतका न्यायाधीशहरूले नै असन्तुष्टि जनाइरहेका छन् ।
सर्वोच्च बार र पूर्वप्रधानन्यायाधीशहरुले नै जवरालाई राजिनामा दिन पनि आग्रह गरेका छन् । जवरामाथि भागबण्डाका हिसाबले काम गरेको आरोप लागेको छ । यसैबीच ओलीले अदालतप्रति जनताको विश्वास उठ्ने काम कसैले गर्न नहुने बताएका हुन् ।
जनताको आस्था र विश्वास रहेको अदालतको हुकुमत लिने काम राजनीतिक दलहरुले गर्न नहुने भन्दै ओलील बेलैमा अदालतलाई मर्यादित, विश्वनीय र निष्पक्ष बनाउन आग्रह गरेका छन् । उनले यसमा न्यायाधीश, नेपाल बार, सर्वोच्च बारले समेत ध्यान दिनु जरुरी रहेको उनको भनाई छ ।