प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने न्यायाधीशहरुको निष्कर्ष 

8.1k Shares

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्ने सर्वोच्च अदालतका न्यायाधीशहरुले निष्कर्ष निकालेका छन् ।

न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्‍ने बताएका हुन् । 

मंगलबार बिहान मात्र न्यायाधीशहरूको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताएका थिए । छलफलमा जबराले राजीनामा नदिने भन्दै  विवाद र प्रश्‍न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफूले पनि राजीनामा दिने उल्लेख गरेका थिए । 

प्रधानन्यायाधीश जबराको विषयमा बुधबार बिहान पनि १५ जना न्यायाधीशहरू संयुक्त रूपमा छलफल गर्दै छन् । सामूहिक छलफलका कारण बुधबार पनि इजलास प्रभावित हुने देखिएको छ । मंगलबार प्रधानन्यायधीश र सामूहिक छलफलका कारण इजलास प्रभावित भएको थियो । सोमबार पनि न्यायाधीशहरू इजलासमा नबसेर आपसी छलफलमा जुटेका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार