अदालतमा तमासा देखाउने होईन, अदालतलाई मर्यादित र विश्वासिलो बनाउनेमा जोडदिनुहोस् 

9.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन् । 

एकैपटक  ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै काठमाडौंमा ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको बताए हुन् । 

‘परमादेश त पाँचै न्यायाधीशले जारी गर्नुभएको हो नि’, ओलीले भने, ‘तर, एकजनाको मात्रै किन राजीनामा माग्नुहुन्छ श्रीमान् रु’ 

अदालतलाई मर्यादित, निर्विवाद, विश्वासिलो बनाउनुपर्नेमा जोड दिँदै उनले अदालतमा तमासा देखाउन नहुने बताए । 

ताजा अपडेट
सम्बन्धित समाचार