बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

11.6k Shares

काठमाडौं: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) विश्वासको मत लिँदैछिन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान गर्ने तयारी गरिएको छ। गत ४ गते टेबल गरिएको बिश्वासको मत सम्बन्धि प्रस्तावलाई आज टुंगो लगाउन लागिएको हो।

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन्। बिपक्षी गठबन्धनमा भने माओबादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, र जनता समाजवादी पार्टीका १ सांसद छन्।

त्यसबाहेक बिबेकशिल साझाका ३, नेमकिपा र राप्रपाका २ जना सांसद छन्। बिपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अघि सारेको छ।

बागमतीमा सभामुखसहित १०९ सांसद छन् । शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने भए पनि एमालेसँग ४३ मत मात्र छ । कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत छ ।

ताजा अपडेट
सम्बन्धित समाचार