काठमाडौँ : राजीनामाको दबाबमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (बुधबार) संवैधानिक इजलाससहितको पेशी तोकेका छन्।
जबराले वरिष्ठताको आधारमा आफूसहितको संवैधानिक इजलास तोकेका हुन् । बुधबारका लागि संवैधानिकसहित ११ इजलासमा कुल २ सय ७८ पेशी तोकेका छन्। यसअघि उनले सोमबार र मंगलबार आफ्नो लागि इजलास तोकेका थिएनन्।
न्यायाधीशहरुले सोमबारदेखि नै अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए । न्यायाधीशहरु इजलास छल्नका लागि आज पनि सामूहिक छलफलमा जुटेका छन् ।
पेशी तोकिए पनि न्यायाधीशहरु इजलासमा नजाने र नेपाल बारले बुधबारदेखि वकिलहरु बहसमा सहभागी नहुने घोषणा गर्दा सेवाग्रहीहरु भने मर्कामा परेका छन्।
न्यायाधीशहरुले मंगलबार राणालाई भेटेर राजीनामाका लागि आग्रह गरेका थिए। तर राणाले भने राजीनामा नदिने बताएसंगै उनीहरु पुन छलफलमा जुटेपछि इजलास प्रभावित भएको थियो ।
नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधीश राणाको राजीनामा मागेका छन्।