ललितपुर: नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी
सर्वसम्मत चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा नन्दश्याम महर्जन, सचिवमा मिथुन महर्जन तथा उपसचिवमा राजेन्द्र न्यौपाने र नमि सिलवाल चयन गरेको छ।
ललितपुर महानगरपालिकामा आस्था शाक्य, महालक्ष्मी नगरपालिकामा हरिगोविन्द श्रेष्ठ, महाँकाल गाउँपालिकामा पुरुषोत्तम हुमागाईँ, कोञ्ज्योसोम गाउँपालिकामा कविन्द्र स्याङ्बा र बागमती गाउँपालिकामा नवराज सञ्जेलको अध्यक्षतामा किमिटी सर्वसम्मत चयन गरिएको नेकपा (एमाले) ललितपुरले जनाएको छ।