एसएसपी सिंहको सरुवालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच बिवाद 

8.7k Shares

काठमाडौँ : काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच यतिबेला बिवाद भइरहेको छ । गृहमन्त्री बालकृष्ण खाँणले सिंहको काज सरुवा गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा उनको सरुवा रोकिएको हो ।

गृहमन्त्रालयले सिंहको सरुवा भैरहवा विमानस्थल गर्ने र उनको ठाउँमा केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको थियो । 

गृहमन्त्रालयका एक अधिकारीले उनको सरुवा भएको दावी गरेपनि अन्तिममा आएर रोकिएको बताएका छन् ।  एसएसपी सिंहले काठमाडौं प्रहरी परिसरको जिम्मेवारी सहाल्न थालेको मंसिरको पहिलो साता एक वर्ष पुग्दैछ।

प्रहरी नियमावली अनुसार सामान्यतया कुनै पनि कारबाहीमा नपरेको खण्डमा एक वर्षसम्म सरुवा गर्ने गरिँदैन। तर, एक वर्ष पनि नपुग्दै र एक जनामात्र एसएसपीको काज सरुवाले प्रहरी प्रधान कार्यालयमाथि गृह मन्त्रालको नेतृत्व हाबी भएको प्रहरीभित्र चर्चा चलेको छ।

यता,नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने आफूलाई सरुवाको विषयमा कुनै पनि जानकारी नभएको बताए।

 

ताजा अपडेट
सम्बन्धित समाचार