काठमाडौँ: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत नपाउने भएपछि राजीनामा दिने भएकी छन् ।
प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेकी हुन् ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा शाक्यले सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रदेशसभा बैठकमा विश्वासको मत लिन प्रस्ताव टेबुल भएको छ ।
शाक्य निकट सांसदले राजीनामा दिन सुझाव दिएपछि त्यसको तयारी भएको हो ।