नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, बैठकमा महाधिवेशनको प्रतिनिधि छनोटका विषयमा छलफल हुने

7.8k Shares

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी बोलाइएको हो। एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने जानकारी दिए ।

‘महाधिवेशन प्रतिनिधिहरु कुन रेसियोमा छनोट गर्ने, कति हुने लगायतका विषयमा छलफल हुन्छ,’ उपाध्यक्ष ज्ञवालीले भने । एमालेको राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा हुने पनि उनले बताए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार