काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (बिहीबार) पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बुधबार आफ्नो इजलासमा पाँच वटा मुद्दा राखेर पाँच वटै मुद्दामा आदेश गरेका जबराले बिहीबार २८ वटा मुद्दामा पेसी तोकेका छन् ।
सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाइ गरिरहेका छन् ।
अन्य न्यायाधीशहरूले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौ भने महाभियोग लगाएर हटाउ भन्दै चुनौती दिइरहेका छन् ।