आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध, कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित

19.9k Shares

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ‘प्रतिनिधिसभाको काम कारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका हुन् । 

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न दिएको पत्र सभामुखले कार्यान्वयन नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको हो ।

सभामुख अग्नि सापकोटाले बैठक शुरू भएको घोषणा गर्नासाथ एमाले सांसदहरु वेलमा आएर नाराबाजी गरेका थिए । एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले बाढी पीडितको लागि राहतका लागि समसामयिक विषयमा ध्यानाकर्षण गराउनका लागि संसद संचालनमा सहयोग पुर्याउन आग्रह गरेका थिए ।

तर एमाले सांसदहरुले नाराबाजी गरिरहे । भदौ २३ गते प्रतिनिधि सभाको अधिवेशन शुरू भएको दिनदेखि एमालेले संसदमा अवरोध गरिरहेको छ । एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुखले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार